काठमाडौ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्रका बसपार्क, धम्बोझी, पुष्पलाल चोक र वाटरपार्क क्षेत्रमा यात्रुलाई हैरानी दिने १८ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार नियन्त्रणमा लिएको छ।
विभिन्न जिल्लाका ती व्यक्तिहरू सार्वजनिक स्थानमा अव्यवस्थित गतिविधिमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया