काठमाडौ ।
काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण एक हप्ताभित्र सम्पन्न गर्ने प्रयास भइरहेको बताएका छन्।
उनले निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताए।
नेता नेपालका अनुसार हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी छ, जहाँ राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे छलफल भइरहेको छ।
उनले महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीविरुद्ध सक्रिय हुन महिला सङ्गठनलाई आह्वान गर्दै जनताको विश्वास जित्न आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया