काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार ल्याइएको कार्यविधिअनुसार अब अस्पतालहरूले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेछ।
कार्यविधिमा बिरामीको उपचार अभिलेख र फलोअप व्यवस्थित गर्न एकीकृत विद्युतीय प्रणाली विकास गर्ने, प्रयोगशाला प्रतिवेदन २४सै घण्टा उपलब्ध गराउने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, बिरामीलाई रिफर गर्दा रिफर स्लिपसहित सरकारी अस्पतालमा पठाउनुपर्ने, आवश्यक औषधि सधैं मौज्दात राख्नुपर्ने र सेवा प्रवाहका बेला औषधि बिक्री प्रवर्द्धकलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ।











प्रतिक्रिया