काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेआफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे। उनले आफ्ना निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै छानबिनसँग डराउनु नपर्ने बताए।
“मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ। सम्पूर्ण छानबिनका लागि म तयार छु,” उनले भने।
वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिए।











प्रतिक्रिया