काठमाडौं ।
धनगढीमा निर्माण व्यवसायी संघ कैलालीले इन्धन तथा निर्माण सामग्रीको लगातार मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारसँग ‘आपतकाल’ घोषणा गर्न माग गरेको छ।
संघले पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनमा भइरहेको मूल्यवृद्धि तथा बिटुमिन, सिमेन्ट, डण्डी जस्ता सामग्रीको अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको जनाएको हो।
संघका अध्यक्ष टेकबहादुर मल्लका अनुसार मूल्यवृद्धिसँगै क्रसर उद्योगमा देखिएको समस्या पनि निर्माण क्षेत्रमा थप असर पारिरहेको छ।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश सेठीले बजारमा मूल्य अत्यधिक बढे पनि मूल्य सूचकांकले त्यसलाई सही रूपमा प्रतिबिम्बित नगर्दा व्यवसायीहरू मारमा परेको बताए।
संघले तत्काल निर्माण उद्योगमा आपतकाल घोषणा गरी राहत उपलब्ध गराउन, साथै मूल्य समायोजन मार्गदर्शिका–२ जारी गरी सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न सरकारसँग माग गरेको छ।











प्रतिक्रिया