काठमाडौं ।
अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन लागेको उच्चस्तरीय वार्तालाई लक्षित गर्दै पाकिस्तानले कडा सुरक्षा तथा व्यवस्थापकीय तयारी गरेको छ। इस्लामाबाद र रावलपिन्डीमा विशेष सुरक्षा व्यवस्था लागू गर्नुका साथै स्थानीय बिदा घोषणा गरिएको छ।
विदेशी प्रतिनिधिहरूको सुरक्षाका लागि प्रहरी, अर्धसैनिक बललगायतका सुरक्षा निकाय परिचालन गरिएको छ भने आवागमनका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ। वार्तास्थल आसपासका क्षेत्र उच्च सतर्कतामा राखिएको छ र केही नाकाहरू बन्द गरिने भएका छन्।
वार्तामा सहभागी हुन इरानी टोली इस्लामाबाद पुगिसकेको छ भने अमेरिकी टोली पनि त्यतैतर्फ प्रस्थान गरिसकेको छ। दुवै देशलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले कूटनीतिक पहल तीव्र पारेको जनाएको छ।











प्रतिक्रिया