काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले सडक किनार सुन्दर बनाउने उद्देश्यले गमलामा फूल रोप्न सुरु गरेको छ। ‘गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो।
पार्क तथा हरियाली प्रवर्धन आयोजनाअन्तर्गत इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार हाल सिंहदरबार अगाडिको क्षेत्रमा वेगमवेली जातका फूल रोपिएको छ। यी फूल पहेँलो, रातो र गुलाबी लगायत विभिन्न रङमा फुल्ने गर्छन्।

फूल रोपाइँलाई दिगो बनाउन सडक किनारमा ठूला सिमेन्टका गमला राखिएको छ। ती गमलामा बिरुवा रोप्ने, गोडमेल गर्ने तथा नियमित पानी हाल्ने काम वातावरण व्यवस्थापन विभागले गरिरहेको छ।
यस अभियानलाई विस्तार गर्दै भित्री सहरी क्षेत्रमा पनि गमला राख्ने योजना रहेको आयोजनाले जनाएको छ।











प्रतिक्रिया