अमेरिका–इरान वार्ता अन्योलमा, इरानका कडा सर्त


काठमाडौँ । 

इस्लामाबादमा हुन लागेको अमेरिका–इरान शान्ति वार्ता सुरु हुनुअघि नै इरानले आफ्ना पूर्वसर्त पूरा हुनुपर्ने अडान राखेपछि वार्ता सफल हुनेमा अन्योल बढेको छ।

इरानी नेतृत्वले रोक्का सम्पत्ति फुकुवा र लेबनानमा युद्धविराम लागू नभएसम्म वार्ता अघि नबढ्ने जनाएको छ। अमेरिकाले भने कडा चेतावनी दिँदै सकारात्मक नतिजाको अपेक्षा राखेको छ।

युद्धविरामपछि पनि क्षेत्रीय तनाव कायमै रहँदा विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा असर परेको छ।