काठमाडौं ।
मुस्ताङ हेलिकोप्टर प्रा.ली.को सम्पर्कविहीन भएको हेलिकोप्टर सकुशल अवस्थामा फेला परेको छ। शुक्रबार दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कविहीन भएको उक्त हेलिकोप्टर दोलखाको लाप्ची गुम्बा नजिक भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल रहेका छन्। मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ रहेको उक्त हेलिकोप्टर लाप्ची–चरिकाेट क्षेत्रमा उडानका क्रममा सम्पर्कविहीन भएको थियो।
क्याप्टेन सुरज थापाले उडाएको हेलिकोप्टरमा पाइलटसहित पाँच जना सवार थिए। उक्त हेलिकोप्टर शुक्रबार बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।
प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण केही समय सम्पर्क विच्छेद भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया