मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


काठमाडौँ।

मुस्ताङ एयरको नाइनएन-एएनओ नम्बरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। काठमाडौंबाट दोलखाको लाप्चाका लागि आज बिहान करिब १०:२५ बजे उडेको उक्त हेलिकोप्टर लाप्चामा ल्यान्ड गरेर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार खोजीकार्य तीब्र पारिएको छ।

हेलिकोप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीसहित कुल ५ जना सवार थिए।

यसबारे थप विवरण आउन भने बाँकी छ ।