भारतीय प्रधानमन्त्री मोदीद्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्यको अपेक्षा


काठमाडौँ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले शाहको नियुक्ति नेपाली जनताले नेतृत्वप्रति देखाएको विश्वासको परिणाम भएको बताएका छन्।

मोदीले भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन आफू शाहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।

उनले दुवै देशका जनताको हितलाई केन्द्रमा राख्दै द्विपक्षीय सम्बन्ध थप मजबुत हुने अपेक्षा पनि व्यक्त गरेका छन्।