काठमाडौँ।
गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको छतबाट खसेर निधन भएको छ।आज (शुक्रबार) बिहान घाम ताप्न जाने क्रममा खसेर उनको निधन भएको हो। उनी ८५ वर्षका थिए।
कोमल वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनबारे जानकारी दिएकी हुन्।
स्वर्गीय वली साहित्य क्षेत्रमा पनि सक्रिय थिए। उनका कविता तथा राष्ट्रिय गीतका कृतिहरू प्रकाशित भएका छन्।











प्रतिक्रिया