काठमाडौँ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । साेही शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधि अनुसार शपथ लिएका हुन् । साेही अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।
गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन २१ मा भएको निर्वाचनबाट करिब दुई तिहाई सिट जितेको रास्वपाले एकल बहुमतको सरकार बनाउन लागेको छ । त्यस्तै, शाहले शुक्रबार दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने भएकाे स्राेतले जनाएकाे छ ।











प्रतिक्रिया