काठमाडौं ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा अधिकांश र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर बदली कायम रहने जनाइएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया