अन्नपूर्ण आधार शिविरको होटलमा आगलागी

0
Shares

कास्की। 

सिजन हावाहुरीको । पर्यटनको सिजनको पूर्वसन्ध्यामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको अन्नपूर्ण आधार शिविर स्थित होटल पिसफूलमा आगजनी भएको छ।

दुईदिन अघि ग्याँस लिक भएर आगलागी हुँदा होटलका सम्पूर्ण भौतिक सामान जलेर नष्ट भएको छ। होटलमा केही पाहुना थिए। बिहान ४बजेको समयमा लागेको आगोले भौतिक संरचना जलेर नष्ट भए पनि पाहुनालाई केही भएको छैन। आगलागी पछि पाहुनालाई  अन्यत्र सारिएको सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

उनका अनुसार आगजनीबाट १ करोड बढीको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ। आगलागीपछि होटलको बुकिङलाई  अन्य होटलमा व्यवस्थापन गरिएको छ।

४१३० मिटरको उचाइमा रहेको आधार शिविर विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। जहाँ बषेर्नी लाखौं पर्यटक पदयात्राको लागि आउने गरेका छन्। आधार शिविरमा आधा दर्जन होटल छन्।