भक्तपुर ।
गठ्ठाघरस्थित जर्मन हाेम्स हाेटलमा चैत १२, १३ र १४ गते तीन दिने ‘हाट बजार तथा फुड मेला २०८२ (दोस्रो संस्करण 2.0)’ आयोजना गरिएको छ। आयोजकका अनुसार मेलामा संस्कृति, परिकार, सिर्जनशीलता र समुदायलाई एकै थलोमा समेट्दै विभिन्न प्रकारका स्टलहरू राखिनेछन्।
हस्तनिर्मित सामग्री, कलात्मक उत्पादन, फेसन तथा लाइफस्टाइलका वस्तु, अर्गानिक तथा स्थानीय उत्पादन, साथै नयाँ उद्यम र ब्रान्डहरूको प्रदर्शनी रहनेछ। यस कार्यक्रमले स्थानीय व्यवसायी तथा उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
खाद्य पारखीका लागि पनि मेला विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। यहाँ परम्परागत नेवारी परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। स्ट्रीट फुड, गोरमेट परिकार तथा मिठाइका परिकारहरू एकै स्थानमा स्वाद लिन सकिनेछ।
यसै अवसरमा शनिबार विशेष ब्रन्च बफे समेत सञ्चालन गरिनेछ, जसको शुल्क प्रतिव्यक्ति ३५० रुपियाँ तोकिएको छ।
परिवार, साथीभाइ तथा आफन्तसँग रमाइलो समय बिताउने, किनमेल गर्ने, स्वादिष्ट परिकारको आनन्द लिने तथा युरोपियन शैलीका संरचनासहित फाेटाे सेसनकाे अवसरसमेत मेलामा उपलब्ध हुने आयोजकले जनाएको छ।











प्रतिक्रिया