इरानी रिभोलुसनरी गार्ड्सका नौसेना प्रमुख मारिएको इजरायलको दाबी


काठमाडौँ।

इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका नौसेना कमाण्डर अलिरेजा ताङसिरी मारिएको दाबी गरेको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी “हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यहरूको लागि प्रत्यक्ष रूपमा जिम्मेवार” रहेको र उनको मृत्यु भएको बताए।

उनले थप भने कि धेरै अन्य “वरिष्ठ नौसेना कमाण्ड अधिकारीहरू” पनि मारिएका थिए।

तर इरानले यसबारे अहिलेसम्म पुष्टि गरेको छैन।

ताङसिरी सन् २०१८ देखि रिभोलुसनरी गार्ड्सको नौसेना कमाण्डर थिए र २०१९ मा तेल निर्यातमा अवरोध आए हर्मुज जलडमरूम बन्द गर्ने चेतावनी दिएका थिए।-बीबीसी