अध्यक्ष ओलीका पिता मोहनप्रसादको १३ औं दिनको संस्कार सम्पन्न

0
Shares

भक्तपुर ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीले स्वर्गीय पिता मोहनप्रसाद ओलीको १३ औं दिनको पुण्यतिथिको अवसरमा परम्पराअनुसारको संस्कार सम्पन्न गरेका छन् । भक्तपुरको गुण्डुमा रहेको अध्यक्षको निवासमा सो संस्कार पुरा गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको चैत १२ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । 

यस बिचमा ओली पिताको अशौच बारेर बसेका थिए ।त्यस क्रममा अध्यक्ष ओली तथा ओली परिवारपप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादब,प्रधानमन्त्री प्रधानमन्त्री  सुशीला कार्की,लगायत पूर्व  राष्ट्रपति,पूर्व प्रधानमन्त्रीदेखि बिभिन्न दलका अध्यक्ष तथा शीर्ष नेता गुण्डु पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्रीका रुपमा चर्चित बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानले भने सामाजिक सञ्जालमा अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त ओली परिवारमा समबेदना प्रकट गरेका थिए ।

रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले भने ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिएका थिए । 
अध्यक्ष ओली पितृशोकमा रहँदा पनि शोकको घडीमा गत फागुन ३० गते एमाले सचिवालयको बैठक बोलाई सहभागी भएर राजनीतिक जिम्मेवारी सम्हालेका थिए।