सुवासको गोलमा नेपालको जित


काठमाडौं।

सुवास बमको गोलसँगै नेपालले साफ यु–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेकोे हो । सुवासले खेलको २४ औं मिनेटमा गोल गरेका थिए । यो उनको प्रतियोगितामा दोस्रो गोल पनि थियो । यसअघि पहिलो खेलमा भुटानलाई २–१ ले हराउँदा उनले एक गोलको योगदान दिएका थिए ।

यो जितसँगै २ खेलबाट ६ अंक जोड्दै नेपाल सेमिफाइनल नजिक पनि पुगेको छ । समूह ए मा रहेको नेपालले अन्तिम खेल माल्दिभ्ससँग खेल्न बाँकी छ । श्रीलंकाको भने ३ अंक छ । श्रीलंकाले यसअघि माल्दिभ्सविरुद्ध खेल २–० ले पछि परेको नतिजा उल्ट्याउँदैं ३–२ ले जितेको थियो । समूह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।