लमजुङ।
लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गर्दा तीन जना घाइते भएका छन् । स्थानीय वर्ष ४९ का वकन गुरुङले आफ्नै घरमा श्रीमतीसँग भएको झैँ–झगडाका क्रममा बन्चरो प्रहार गरी घटनालाई उग्र बनाएका हुन ।
प्राप्त सूचनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइते हुनेहरुमा दोर्दी गाउँपालिका–५ पारीखोला बस्ने वर्ष ४५ की चिजमाया गुरुङ रहेका छन् । जसको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
त्यसैगरी, वर्ष ७२ का गर्वलाल गुरुङ र वर्ष १० का अनमोल गुरुङ टाउकोमा चोट लागी मध्यम अवस्थामा रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने वकन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना बारे थप अनुसन्धानका लागि लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया