बुटवल।
बुटवल उपमहानगरपालिकाको लामो समय देखिको महत्वाकांक्षी परियोजना अन्ततह साकार भएको छ । यो परियोजना साकार भएसंगै बुटवलमा निस्कने फोहोले अब मोहर दिने भएको छ । बुटवलको वडा नम्बर ७ र ८वाट निस्कने फोहोर अब शिवनगरमा सञ्चालित फोहोर प्रशोधन केन्द्रद्धारा आर्यआर्जन हुने निश्चित भएको छ ।
शिवनगरस्थित बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालदेखि सञ्चालनमा ल्याइएको उक्त केन्द्रका लागि बुटवल उपमहानगरपालिकाको पहलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र कोकाकोला फाउन्डेसनले फोहोर छुट्याउने तथा प्लास्टिकजन्य फोहोरबाट इट्टा लगायतका बस्तु उत्पादन गर्ने मेसिन उपलब्ध गराएका हुन्।
बुटवल उपमहानगरपालिकाको लागतमा निर्माण गरिएको भौतिक पूर्वाधार र युएनडीपी र कोकाकोला फाउन्डेसनको सहयोगमा आवश्यक मेशिन तथा उपकरण हस्तान्तरण गरिएसँगै अब बुटवलको फोहोरबाट मोहरको सुरु भएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समुदायमा आधारित फोहोर व्यवस्थापन कार्यलाई दिगो र प्रभावकारी बनाउन युएनडीपी र कोकाकोला फाउन्डेसनको सहयोग निकै प्रभावकारी हुने बताउनु भयो ।
उहांले प्रशोधन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके ९० प्रतिशत फोहोर पुनः प्रयोग (रिसाइकलिङ) गरी आर्थिक स्रोतमा रूपान्तरण गर्न सकिने बताउनु भयो ।
नगर प्रमुख पाण्डेले फोहोर व्यवस्थापनलाई स्थानीय स्तरमै सञ्चालन गर्दा रोजगारी सिर्जना हुने उल्लेख गर्दै हाल केन्द्रमा ३० जनाले रोजगारी पाएको र भविष्यमा बुटवलभर यस्ता केन्द्र विस्तार गर्दा ४ सय जनाले रोजगारी पाउने सम्भावना रहेको बताउनु भयो ।
नगल्ने फोहोरबाट इट्टा लगायत विभिन्न सामाग्री उत्पादन गर्ने र अन्तिममा बाँकी रहने करिब १० प्रतिशत फोहोरको व्यवस्थापनका लागि आधुनिक प्रविधि प्रयोग गरिनेछ। अन्य देशका अनुभवलाई समेट्दै बुटवलमा दिगो फोहोर व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य रहेको छ ।
बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालदेखि सञ्चालनमा ल्याइएको उक्त केन्द्रका लागि बुटवल उपमहानगरपालिकाले ट्रस्ट निर्माण गरिदिएको र ४ एमएमको प्लाष्ट्रिकवाट इट्टा लगायतका विभिन्न सामाग्री उत्पादन गर्न सुरु गरिएको तथा वार्षिक करि ५० लाख बराबरको सहकारीले आमदानी गर्न थालेको सहकारी का सचिव गेहेन्द्रराज न्यौपानेले बताउृनु भयो ।
कार्यक्रममा युएनडीपीका प्रतिनिधि जुलियन चेबिलियाड र जेफ्री ग्रेले बुटवल उपमहानगरपालिकाले अघि सारेको यस्तो अभियानले शहरलाई स्वच्छ र स्वस्थ बनाउने विश्वास व्यक्त गर्नु भयोे । उनीहरूले यो मोडेल समुदायमै आधारित उत्कृष्ट अभ्यास भएको उल्लेख गर्दै भविष्यमा अन्य स्थानमा समेत विस्तार गर्न सकिने बताउाु भयो ।
उनीहरूका अनुसार यस प्रकारको पहल दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने उदाहरणीय कार्यक्रम हो र वातावरण संरक्षणसँगै समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउनेछ।
कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको स्वागत तथा महाशाखा प्रमुख तुलसा अर्यालको सञ्चालनमा भएको हो ।











प्रतिक्रिया