नुहाउने क्रममा ३० वर्षीय आशिष देवघाटमा बेपत्ता  

एउटै परिवारमा भएको तीन खाले घटनाको पीडाले बनायो गाउँलाई नै बिछिप्त 

12.5k
Shares

चितवन ।

 अष्ट्रेलियावाट मास्टर्स गरेर  केही दिन अगाडि मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कण्डेल देवघाटमा नुहाउने क्रममा भुंवरीमा परि बेपत्ता भएका छन् । 

केही वर्ष अघि अध्ययनका लागि विदेश गएका र मास्टर्स गरेसँगै  जागिर शुरु गरेका आशिष आमा सीता कण्डेल एक्लै जस्तो हुनुभयो भनी नेपालमै काम गर्ने गरी डेढ महिना अघि मात्र नेपाल फर्किएका थिए । आफ्नो धर्म , संस्कृति र संस्कारमा निकै संवेदनशील भएर बिश्वास गर्ने र सोही अनुसार कर्म पनि गर्ने गरेका आशिष चैत्र ४ गते चितवन पुगी ५ गते बिहान पवित्र धार्मिक स्थल देवघाट नुहाउन गएका थिए । 

केही वर्ष यतादेखि काठमाडौँ  कलंकीमा स्थायी रुपमा बसोवास ब्यबस्था गर्नुभएकी आमा सीता अर्याल कण्डेलसंग चैत्र ५ गते बिहान नुहाएर बुटवल गै तीन दिन पछि फर्किने गरी मोवाइलमा कुरा गरेका आशिष देवघाट नदिमा डुवुल्की मारेसंगै भुँवरीले बेपत्ता बनाएको छ । 

नुहाएर फर्किनेवेला फोन आउला भन्ने आशामा रहेकी आमाले पटक पटक आफैले फोन गर्दा नलागेको तर  एकै चोटी दिउँसो प्रहरीले फोन उठाएर दुर्घटनामा परेको खबर सुनाएपछि आमा सीता कण्डेलको हालत अकल्पनीय भयो । सात दिन हुँदासम्म आशिषको शरीर नभेटिएपछि  आमा र उनको परिवार बिछिप्त अवस्थामा छ । नुहाउन जाँदा नदिको किनारमा खोलेर राखेका कपडा मोवाइल प्रहरीले लिएको थियो । शरीर तत्कालै भेटिएर एउटा प्रक्रियामा जानु र नभेटिनुमा थप पिडादायी हुदोरहेछ । 

नदीको किनारमा एक घण्टा ध्यान बसेर नदिमा पसेका आशिष भुंवरीमा पर्नासाथ हात माथि उठाएर गुहार त  मागेका थिए तर नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन बोटेहरु पनि भुवरी परेको ठाउंमा  जान सक्ने अवस्था भएन । हेर्दा हेर्दै आशिष डुवेको देख्नेहरुले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी तत्कालै उपस्थित भै उद्धार र खोजीमा लागेको थियो तर उद्धार संभव भएन ।  
 
पहिलो दिनदेखि सात दिन  सम्म उद्धार खोज कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरु खोजी कार्यमा निरन्तर लागेपनि आशिषको शरीर भेटिएको छैन । तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारमा कुनै कमी हुन दिएको थिएन  । तर सात दिनसम्म पनि आशिषको शरीर नभेटिएपछि पीडै पीडाकावीच परिवार काजक्रिया प्रारम्भ गर्ने तयारीमा छ ।

आशिषको दिदी   आरती धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र इण्डियामा बस्ने गरेकी छन् भने  बुवा  रामकृष्ण कण्डेलको २५ वर्ष अगाडि नै बुटवल खानेपानी अफिसवाट ६ दिने ट्रेडिङका लागि काठमाडौँ जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी दुखद निधन भएको थियो । छोराछोरी सानै छंदा श्रीमान गुमाएकी आमाका लागि छोरा आशिषको यो घटनाले असैहय मात्र होइन पटक पटक बेहोस हुने , खाना खानै नसक्ने र आखाले हेर्नै नसक्ने गरी पीडा भइरहेको छ । 

आमा एक्लै जस्तो  हुनुभयो भनी स्वदेश फर्किएको छोराको घटनाले कण्डेल परिवार र आफन्तजनको आशुले सिङ्गो  घरनै भिजे जस्तो भएको छ । अब परिवार जोडने , आमाको काखमा बसेर नेपालमै काम गर्ने गरी नेपाल आएको छोरालाई  गुमाउनुपर्दाको पीडाले ती आमालाई त भन्नै नसक्ने खालको बज्रपात गराएको छ भने आफन्तजन , सिङ्गो कण्डेल परिवार दैवले त्यस्तो लक्का जवान युवालाई बिना कारण  कसरी परिवारबाट छुटायो ? यही प्रश्न  रसाइरहेका आखावाट आइरहेको छ । त्यति मात्र कहाँ हो र आशिषका हजुर बुबा समाजसेवीका रुपमा परिचित कुलानन्द कण्डेल  बुटवल घरवाट हिड्नुभएको ३५  वर्ष भैसकेको छ तर उहाँ  अहिले सम्म जीवित हुनुहुन्छ वा हुनुहुन्न जानकारी छैन । गुल्मी विरवास बाख्रेवाट बुटवल ओर्लिएपछिको केही बर्षमै  घरको मूली ब्याक्ति हराउनु, त्यसको  दुइतीन वर्षमा  खानेपानीमा ओभरसियर रहेका रामकृष्ण कण्डेलको दुर्घटनाबाट मृत्यु र अहिले आशिषको गंगा नदिमा डुबेर  भएको मृत्युले सिङ्गो परिवारलाई अधुरो बनाएको छ ।  

नदिको किनारमा एक घण्टा मेरिटेशन गरेर नुहाउन पसेका आशिष पहिलो चरणमा किनार बाहिर आएका थिए अनि पुनः मेरिटेशन गरेर नुहाउन नदिमा प्रवेश गरेका थिए । दोस्रो पटक डुबुल्की मारेर नुहाएपछि उनलाई अझै चित्त बुझेन अनि उनी नदिको अझै पल्तिर सम्म  पुगेर डुबुल्की मार्दा भुँवरीमा परेको प्रत्यक्षदर्शीले बताएको भनी प्रहरीले जानकारी गराएको छ । तालीम सशस्त्र प्रहरी र आफन्तजनले आशिषको शरीर खोज्न गरेको मेहनत र बज्रपातका समयमा सान्त्वना दिन पुगेका सबै आफन्तजन, शुभेच्छुकलाई शोकमा डुवेको परिवारले धन्यवाद दिएको छ । अति नै असैहय पीडामा रहेकी काठमाडौँ  त्रिपुरेश्वर खानेपानी कार्यालयमा कार्यरत आशिषकी सीता अर्याल कण्डेल आशिषकी दिदी आरतीसहित सिङ्गो कण्डेल परिवार आफन्तजनमा शोकलाई शक्तिमा बदल्ने  शक्ति मिलोस भन्दै मृतात्मा प्रति श्रद्धासुमन ।