पाइलट ब्रान्डको विस्तार: कुमारिपाटीमा नयाँ शाखा सुरु


ललितपुर। 

 जापानी लेखन सामग्री ब्रान्ड पाइलटको नेपालका लागि आधिकारिक वितरक फेयर ट्रेड कर्पोरेसन अन्तर्गत “कर्ण ट्रेड कन्सर्न” ले ललितपुरको कुमारिपाटीमा पाइलट पेन स्टोरको नयाँ फ्रेन्चाइज शाखा सञ्चालनमा ल्याएको छ। ४२ वर्षदेखि नेपालमा गुणस्तरीय लेखन सामग्री आपूर्ति गर्दै आएको ब्रान्डले आफ्नो विस्तार रणनीतिअनुसार यो चौथो आउटलेट सुरु गरेको हो।

उद्घाटन समारोहमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले रिबन काट्दै शाखाको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा ‘रोटरी क्लब अफ सैंबु भैंसेपाटी’ का अध्यक्ष तथा कर्णा ट्रेड कन्सर्नका सञ्चालक कर्णवीर थापाले सम्पूर्ण अतिथि तथा आगन्तुकलाई स्वागत गरेका थिए।

कार्यक्रममा पाइलट पेनको न्यु रोड शाखाका प्रतिनिधिले नयाँ शाखाको सफलताको कामना गर्दै भविष्यमा उत्कृष्ट बिक्री हुने विश्वास व्यक्त गरे। उद्घाटनको अवसरमा ललितपुर जिल्लाका विद्यार्थीहरूले आफ्नो परिचयपत्र (ID कार्ड) देखाएमा १० प्रतिशत विशेष छुट प्रदान गरिने घोषणा गरिएको छ।

नयाँ आउटलेटमा पाइलट ब्रान्डका करिब २०० प्रकारका पेनहरू उपलब्ध रहेको जानकारी दिइएको छ, जसले विद्यार्थी तथा पेशागत वर्गलाई विविध विकल्प प्रदान गर्नेछ।

यसैगरी, ‘रोटरी क्लब ललितपुर’ की अध्यक्ष इन्दिरा जोशीले पाइलट जस्तो अन्तर्राष्ट्रिय ब्रान्डको गुणस्तर, विश्वसनीयता र यसको प्रयोगको महत्वबारे चर्चा गरिन्। चार्टर्ड एकाउन्टेन्ट अमिर रिजालले पनि पाइलट पेनको दीर्घकालीन उपयोगिता र विश्वसनीयताबारे आफ्ना धारणा राख्दै नयाँ शाखाको सफलताको कामना गरे।

प्राइम बैंक न्यूप्लाजा शाखाका प्रबन्धक कृतार्थ शाक्यले पनि शुभकामना व्यक्त गर्दै यस्तो प्रतिष्ठित ब्रान्डको विस्तारले बजारमा सकारात्मक प्रभाव पार्ने बताए।

फेयर ट्रेड कर्पोरेसन अन्तर्गत यसअघि न्यु रोड (काठमाडौं), नदिपुर (पोखरा) र कमलादी (काठमाडौं) मा सफलतापूर्वक शाखाहरू सञ्चालन हुँदै आएका छन् भने कुमारिपाटी शाखाले विशेषगरी ललितपुरका विद्यार्थी तथा पेशागत समुदायलाई लक्षित गर्ने अपेक्षा गरिएको छ।