काठमाडौँ ।
काठमाडौँमा अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा गोरले हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएका छन्।
अमेरिकी दूतावासका अनुसार चैत १० गते भएको उक्त संवादमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा पनि छलफल भएको थियो। गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको जनाउँदै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, नेपाल–अमेरिका सम्बन्धलाई अझ मजबुत र गहिरो बनाउने सन्देश पनि उनले दिएका छन्।











प्रतिक्रिया