काठमाडौं ।
काठमाडौंमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि वृद्धि भई प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको छ, जुन मंगलबार ४ हजार ५०५ रुपैयाँ थियो। महासंघका अनुसार प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ निर्धारण गरिएको छ।











प्रतिक्रिया