चीनको विकास मोर्डल– रोर्वट युग

376
Shares

काठमाडौँ ।

फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले ‘चीन– २०२६ का दुई सत्र र १५ औ पञ्चबर्षीय योजना’ विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।


काठमाडौँमा आयोजित कार्यक्रममा फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका अध्यक्ष समाजसेवी शोभित उप्रेतीले संस्था चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनकंग्रेसको संयुक्त बैठकले पारित गरेको १५ औँ पञ्चबर्षीय योजनाबाट नेपालले धेरै फाईदा लिनसक्ने उल्लेख गर्दै उक्त बैठकका मूलभूत विषयमा अन्र्तक्रिया आयोजना गरिएको बताए ।

कार्यक्रममा बक्ताको रुपमा रहनु भएकी अनुसन्धानकर्ता डा. सिता ढुङ्गानाले अर्थतन्त्रमा चीन विश्वको पहिलो मुलुक बन्ने क्रममा रहेको र चीनमा हालै सम्पन्न १५ औ पञ्चबर्षीय योजनाले त्यसको लागि विज्ञान र प्रविधिको प्रयोगमा जोड दिएको बताईन ।

डा. ढुङ्गानाले चीनको अहिलेको विकास मोर्डल मुलुकलाई रोर्वट युगमा पु¥याउनु रहेको उल्लेख गर्दै चीनले अपग्रेटेड उत्पादनलाई जोड दिएको बताईन । उनले भनिन्– चीन अहिले डिजिटल अर्थतन्त्रको गतिमा अघि बढेको छ, जसले कर चुहावट जस्ता समस्या नरहने उसको विश्वास छ ।

कार्यक्रमको अर्का बक्ता नास्टको सिनियर बैज्ञानिक डा. टिष्टा प्रसाई जोशीले चीनको विकासमा विज्ञानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देश विकासको लागि विज्ञानलाई प्राथामिकता दिनुपर्ने बताईन ।

फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका जेष्ठ सदस्य बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार तारा बस्याल, डा. बिष्णुहरि नेपाल, डा. बिष्णुराज उप्रेती, डा. सुरेन्द्र केसी, पूर्व सचिव देवेन्द्र सिटौला, पूर्व एआईजी रमेश खरेल, कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको सहभागिता रहेको थियो ।