षट्कोण आर्टस्द्वारा निर्मित फिल्म लालीबजारको केहीअघि सार्वजनिक गीत मायालाई के दिऊँ म बैना दर्शकको रोजाइमा पर्न सफल भएको छ।
गीत हालसम्म ४९ लाखभन्दा बढी दर्शकले युट्युबमा हेरिसकेका छन्। गीतले लोकप्रियता पाएसँगै टिकटकर र रिल्स हेर्ने दर्शकको रोजाइमा परेको छ। गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा सामाजिक सञ्जालमा छ। उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रिल्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन्।
ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तास“गै कन्टेन्ट क्रिएटरको रोजाइमा समेत मायालाई के दिऊ“ म बैना परिरहेको छ।
टिकटकमा हजारौं भिडिओ बनेका छन्, जसमा समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसाका शब्द देखिन्छ। प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन्।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायाँकनको बीच बीचमा गरिएको जानकारी गराइन्।
‘हामी दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको अभ्यास गथ्र्यौ“। हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो। यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो। हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउ“दा मेहनतको फल पाएको आभाष भएको छ’ स्वस्तिमाले सुनाइन्।
खेम सेन्चुरी र दीपिका बयाम्बुको स्वर रहेको गीतको भिडियो प्रदीप लामाले कोरियोग्राफी गरेका छन्। गीतमा खेम सेन्चुरीकै संगीत रहेको छ भने शब्द रचना रमेश बिजीको छ।
आगामी वैशाख १८ गते रिलिज हुने फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिया“, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन्। यही फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु पाएका छन्।
विशाल थियटरमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभियन्ताका रूपमा चर्चित छिन्। निर्देशक यम थापाको कथा र निर्देशन तथा जेबी रुवालीको क्रिएटिभ निर्देशनमा बनेको फिल्ममा पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराई, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवा, कला निर्देशन उमेश चौधरी, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ तथा सम्पादन मित्रदेव गुरुङको रहेको छ। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानिया“को निर्माणमा बनेको फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन्।











प्रतिक्रिया