म्युजिक खबर म्युजिक अवार्ड हुने


म्युजिक खबर म्युजिक अवार्ड यस वर्ष पनि हुने भएको छ।१३औं संस्करणका लागि आवेदन आब्हान गरिएको छ। म्युजिक खबरको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुशनको आयोजनामा हुने अवार्डमा २०८१ वैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई समावेश गरिने आयोजकले जानकारी गराएका छन्।

अवार्डमा गीतसंगीतका विभिन्न ३६ विधा सहभागी गराइनेछ। अवार्डमा राष्ट्रिय भाव, पप, फिल्म, लोकदोहोरी, आधुनिकलगायतका विधाका विभिन्नमा अवार्ड प्रदान गरिनेछ।

मौलिक गीतसंगीतको प्रश्रय, सिर्जनशील व्यक्तित्वलाई प्रोत्साहन र गीतसंगीतको विकासमा योगदानका लािग अवार्ड आयोजना गरि“दै आएको आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले बताए।