टेम्के : द डेस्टिनेशन बन्ने


नेपाली फिल्म टेम्के : द डेस्टिनेशन निर्माण हुने भएको छ। फिल्मको हालै धार्मिक विधिअनुसार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले औपचारिक शुभारम्भ गरेका हुन्।

डीसीले नरिवल फोडी क्ल्याप इन गरिएसगै फिल्मको शुभमूहुर्त सट लिइएको थियो। शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल, विवेक खड्कालगायतका कलाकारले अभिनय गर्ने फिल्ममा आरडीएस नेपाल प्रस्तुतकर्ता रहेका छन् भने देवप्रसाद धिमालले निर्देशन गर्नेछन्।

धिमाल स्वयं फिल्म निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार छन्। फिल्ममा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन्। आगामी साता सुटिङ प्mलोरमा जाने फिल्ममा द्वन्द्व निर्देशन राजु किरा“त र छाया“कन नरेश ऐयरको रहनेछ।