पश्चिमी र स्थानीय वायुको प्रभाव: तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहनेछ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।