१७१ किलो गाँजासहित पक्राउ


हेटौंडा ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा–९ तर्फ आउँदै गरेको गाडीबाट गाँजा बरामद गरेको छ ।

बा. १३ च २०१४ नम्बर हात्ती गाडी र चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा–४ बस्ने वर्ष २० का अक्कलप्रसाद स्यांतानलाई शंका लागेर गाडीसमेत खानतलासी गर्दा गाडीको पछाडि लोड गरी ल्याइएको अवस्थामा मंगलबार विहान करिब सवा ६ बजे गाँजा बरामद गरिएको हो ।

प्रतिबन्धित लागुऔषध गाँजा १ सय ७१ किलो २१ ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा गाडी बरामद र स्यांतानलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुरमा म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।