हामी सरकारमा जाँदैनौँ, जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन् : हर्क साम्पाङ


काठमाडौं।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले जनताले पार्टीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएको बताए। उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ ।’

सरकारमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले पार्टी सरकारमा नजाने अडान दोहोर्‍याए। उनले राम्रो काम गर्ने सरकारलाई साथ दिने तर गलत कामको सधैँ विरोध गर्ने स्पष्ट पारे। उनले भने, ‘हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ ।’