गोठभित्र पसेर चितुवाले ४५ भेडा मार्‍यो

1.03k
Shares

हुम्ला।

हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ।
गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै भेडा मारिदिएको हो।

स्थानीय जसबहादुर तामाङका अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि चितुवाले आक्रमण गरेको हो।