कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु,दर्जनाैं घाइते


काठमाडौं ।

कोलम्बियामा सोमबार राति भएको सैन्य विमान दुर्घटनामा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। कोलम्बियाली सेनाको सी–१३० विमान पेरु र इक्वेडरको सीमानजिक उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको हो।

विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार रहेका थिए। प्राविधिक समस्या देखिएपछि विमान विमानस्थलबाट करिब २ किलोमिटर टाढा खसेको जनाइएको छ।

दुर्घटनाको कारण अझै खुलेको छैन। राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। यस वर्ष कोलम्बियामा भएको यो दोस्रो विमान दुर्घटना हो।