पश्चिमी र स्थानीय वायु सक्रिय: चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा अधिकांश पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।