सन्देश भुर्तेलद्वार निर्देशित डकुमेन्ट्री मदर रेबिका प्रदर्शन गर्दै भक्तपुर फिल्म महोत्सव सम्पन्न भएको छ।
२४ फिल्म प्रदर्शन गरिएको होत्सव भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजना गरिएको थियो। महोत्सव नवीन सुब्बाद्वारा गाउ आएको बाटो प्रदर्शन गरी सुरु भएको थियो। महोत्सव भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो।
महोत्सवमा सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतलीदेखि अंकित पौडेलको सङ अफ क्लाउड्स, किरण श्रेष्ठको एट एनोदर विन्टर, राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री ढोरपाटनलगायतका फिल्मदेखि डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। महोत्सवका निर्देशक किरण किलम्बु हुन्।
कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीद्वारा निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मी सहभागी थिए।











प्रतिक्रिया