मेसी पुगे ९०० गोलको कोसेढुंगामा

0
Shares

बुधबार इन्टर मियामीको न्यासभिले एससीविरुद्धको खेलमा गोल गर्दै लियोनेल मेसी ९०० गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले टेनेसीको जियोडिस पार्कमा कोनकाकाफ च्याम्पियन्स कपको अन्तिम १६ को दोस्रो लेगको खेलमा सात मिनेटमै सो ऐतिहासिक गोल गरे । फुटबलको इतिहासमा ९ सय गोल कटाउने पहिलो खेलाडी पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् । उनले उनको करिअरको ९ सयौं गोल २०२४ सेप्टेम्बरमा क्रोएसियाविरुद्ध गरेका थिए । उनको अहिलेसम्म कूल गोलसंख्या ९५९ हो ।

सबैभन्दा बढी बार्सिलोनाका लागि गोल

मेसीले सबैभन्दा बढी गोल स्पेनी ला लिगा क्लब बार्सिलोनाका लागि गरेका छन् । उनले बार्सिलोनाका लागि खेलुन्जेल ६७२ गोल गरेका थिए ।

अन्य यसप्रकारका छन् ।

–११५ अर्जेन्टिनाका लागि ।

–८१ इन्टर मायामीका लागि ।

–३२ पेरिस सेन्ट जर्मेनका लागि ।

गोलको तथ्यः
–९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाले गरेको ।

–१११ गोल दायाँ खुट्टाले गरेको ।

–हेडबाट ३० गोल गरेको ।

–विपक्षीको डिबक्स भित्रबाट ७२४ गोल गरेको ।

–१७६ गोल विपक्षीको डिबक्सबाहिरबाट गरेको ।

–११२ पेनाल्टी र ७० फ्रिकिक प्रहारमा गोल भएको ।

ला लिगामा खेल्दा यी टोलीविरुद्ध गरेको गोलसंख्या

सेभिल्ला (२५), एथ्लेटिक क्लब (२४), एटलेटिको मेड्रिड (२३), भ्यालेन्सिया (१८), रियल मेड्रिड (१७) र लेभान्टे (१६) ।