कास्की।
जापानीज एथलिट हुकुतो ओवारा पोखरामा शनिबार आयोजित सातौं एशिया कप तथा १४ औं साउथ एशियन ट्रायथोलन च्याम्पियन बनेका छन् । उनले ५४ मिनेट ३० मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् ।
नेपाल ट्रायथलन संघद्वारा आयोजित च्याम्पियनसिपमा जापानकै मित्सुहो मुचीजुकी दोस्रो बने । उनले ५५ मिनेट ०५ सेकेण्डको समय लगाए । एक सेकेण्डले पछि पर्दै उज्वेकिस्तानका आलेक्वजेण्डर कुरीशोभ तेस्रो स्थानमा रहे । जापानका जेन्ता उचिदा र सातोशी इवामोता क्रमश चौथो र पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुग्याएका छन् ।
महिलातर्फ प्रतिस्पर्धामा जापानकी सारिका नाकायामाले एक घण्टा १६ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्दा उज्वेकिस्तानकी अलिना खाकीमोभाले एक घण्टा एकमिनेट ७ सेकेण्डको समय निकाल्दै उपविजेता बनिन् । त्यस्तै एक घण्टा एक मिनेट पच्चीस सेकेण्डको समय लगाउँदै जापानकी मिनोरी इकोना तृतीय भईन्।
साउथ एशियातर्फ पुरुष प्रतिस्पर्धामा भारतका याजात कन्दन्दाले ५८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै साउथ एशियन च्याम्पियन बन्न सफल भए । खुन्द्रकापाम मेतेई(भारत)ले ५८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपविजेता र मौलिक महर्जन(नेपाल)ले एक घण्टा १५ मिनेटको समय लगाउँदै तृतीय बन्न सफल भएको नेपाल ट्रायथलोलन संघले जनाएको छ ।
महिलातर्फ भारतकी डोली देवीदास पाटिलले एक घण्टा ९ मिनेट ५ सेकेण्डको समय लगाउँदै च्याम्पियन बनिन् । मान्सी मोहती(भारत)ले एक घण्टा ११ मिनेट ३७ सेकेण्डको समय लगाउँदै दोस्रो र नेपालकी युष्का महर्जन १ घण्टा ६ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे ।











प्रतिक्रिया