राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। महाधिवेशन सम्पन्न भएपछि मात्रै प्राप्त पदमा रहने आफ्नो धारणा उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।

लोहनीले पार्टी नेतृत्व तहमा रहेका पदाधिकारीहरूले समेत तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। पार्टीलाई सुदृढ बनाउन नयाँ संरचना र नेतृत्व चयन आवश्यक रहेको उनको जोड छ।