आजबाट ललितपुरमा बिएलई सुरु 

पहिलो पटक फरक विद्यालयका निरीक्षक 

1.03k
Shares


 ललितपुर। 

ललितपुरमा आजबाट आधारभूततह अन्तर्गत कक्षा ८ को परीक्षा शुरु भएको छ । ललितपुर महानगरपालिकाले देशभरका स्थानीय तहमध्ये पहिलोपटक सबै विद्यालयमा फरक विद्यालयका निरीक्षक खटाएको छ ।  महानगरपालिकाले ३११ जना निरीक्षकलाई नियुक्तिपत्र दिएर परीक्षा केन्द्रमा खटाएको छ । ललितपुर महानगरभित्र १६५ विद्यालयमा परीक्षा  भइरहेको छ। 

 आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था भएपनि फरक विद्यालयका शिक्षकलाई निरीक्षकको रुपमा नियुक्ति गरेका छौँ –महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले भन्नुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयका १ हजार ९६४ र संस्थागतका ५ हजार १३ विद्यार्थी गरी ६ हजार ९७७ विद्यार्थी सहभागी छन् । 

 परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै विद्यालयमा फरक विद्यालयका निरीक्षक परिचालन भएको उहाँको भनाई थियो । महाशाखाका अनुसार प्रति निरीक्षक गार्ड बसेवापत ३ सय र यातायात खर्च बापत १ सय रुपियाँ उपलब्ध गराएको छ । 

 देशभर ७५३ स्थानीय यहमध्ये पहिलोपटक फरक विद्यालयका निरीक्षक खटाउन शुरु गरेको जानकारी गराउँदै शिक्षा महाशाखा प्रमखु उपाध्यायले यस्लाई आगामी वर्षमा समेत निरन्तरता दिइने जानकारी गराउनुभयो । भन्नुभयो–फरक विद्यालयका निरीक्षक खटाउँदा परीक्षा थप व्यवस्थित हुने अपेक्षा गरेका छौँ ।’ महाशाखा प्रमुख उपाध्यायले परीक्षा सुधार गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।