जापानले यस वर्षको एएफसी वोमेन्स एसियन कपको उपाधि जितेको छ । जापानले शनिबार भएको फाइनल खेलमा होस्ट टिम अस्टे«लियालाई १–० ले हराएर उपाधि जितेको हो । योसँगैं जापान यस प्रतियोगितामा तेस्रोपटक च्याम्पियन बन्यो ।
अस्टेलियाको सिड्नीको स्टेडियममा करिब ७४ हजार दर्शक थियो । तर, पनि अस्टेलियाले जापानलाई हराउन सकेन । जापानले तीनैपटक उपाधि जित्दा एउटै प्रतिद्वन्द्वी टिम अस्टे«लिया नै रह्यो ।
यसअघि जापानले २०१४ र २०१८ मा उपाधि जित्दा अस्टे«लियालाई १–० गोलअन्तरले नै हराएको थियो । अस्टे«लियाले २०१० मा उपाधि जितेयता ३ पटक फाइनल खेल्यो तर, तीनै पटक एउटै टिमसँग हारको सामना गर्नु परेको छ ।
६ टिम वोमेन्स वल्र्डकपमा
यस प्रतियोगितामार्फत् ६ टिमहरू आगामी २०२७ मा हुने वोमेन्स वल्र्डकपमा छनोट भएका छन् । ती हुन् ःजापान, अस्टे«लिया, चीन, दक्षिण कोरिया, फिलिपिन्स र उत्तर कोरिया ।
उज्बेकिस्तान र ताइपेइको अवसर बाँकी
क्वार्टरफाइनलमा पराजित टिमहरूबीच भएको प्लेअफमा पराजित दुइृ टिमहरू उज्बेकिस्तान र चाइनिज ताइपेइले वल्र्डकपमा पुग्ने मौका बाँकी छ । यी टिमहरूले इन्टर कन्फेडेरेसन प्लेअफमा खेल्नेछन् ।
उज्बेकिस्तान त्यही टिम हो जसले नेपाललाई यस प्रतियोगितामा छनोट हुनबाट वंचित गरेको थियो । एएफसी एसियन कप क्वालिफायरमा नेपाल उज्बेकिस्तानसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो ।
केही तथ्यहरूः
–चीनले सबैभन्दा बढी ९ पटक उपाधि जितेको ।
–तर, सुरुआत दुई उपाधि रिपब्लिक अफ चाइनाले जितेको हुँदा गणना गर्दा चीनले ९ पटक उपाधि जितेको मान्यता रहेको ।
–चीन सन् १९८६ देखि १९९९ सम्म लगातार ७ पटक च्याम्पियन बनेको ।
–सन् १९७५ देखि शुरु भएको प्रतियोगिता आयोजनामा अनियमितता थियो ।
–सन् १९९१ देखि २०१० सम्म प्रत्येक २÷२ वर्षमा आयोजना भएको ।
–सन् सन् २०१४ देखि हालसम्म प्रत्येक ४÷४ वर्षमा आयोजना भएको ।
–सन् १९७५ देखि १९८१ सम्म म्याच ६० मिनेटको थियो ।













प्रतिक्रिया