पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. तथा परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको छ।

केदार-बहादुर-अधिकारीसमेत11