डा. शेखर कोइरालाद्वारा घनेन्द्रराज आङ्दम्बेको निधनप्रति श्रद्धाञ्जली


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्दम्बेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्दम्बे र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्दम्बेका बुवा समेत रहेका स्वर्गीय आङ्दम्बेको पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

कोइरालाले पाँचथरमा नेपाली कांग्रेसको संगठन सुदृढ बनाउन स्वर्गीय आङ्दम्बेले खेलेको भूमिका सधैँ स्मरणीय रहने बताए। उनले शोकको यस घडीमा भिष्मराज आङ्दम्बे, रामराज आङ्दम्बे लगायत सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।