काठमाडौँ ।
भारतले आगामी जुन महिनादेखि नेपाली भूभाग मानिएको लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग व्यापार पुनः सुरु गर्ने तयारी गरेको छ। कोभिड–१९ महामारीका कारण सन् २०२० मा बन्द भएको यो मार्ग करिब ६ वर्षपछि सञ्चालनमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
व्यापारिक गतिविधि जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने र मौसम अनुकूल भएमा अवधि थप गर्न सकिने बताइएको छ। भारतको पिथौरागढ जिल्लास्थित स्थानीय प्रशासनले आवश्यक तयारी अघि बढाइसकेको छ।
लिपुलेक क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ। नेपालले यस क्षेत्रलाई आफ्नो नक्सामा समेटे पनि भारत र चीनले त्यसलाई स्वीकारेका छैनन्। लिपुलेकसँगै कालापानी र लिम्पियाधुरा क्षेत्र पनि विवादित रहँदै आएका छन्।
उच्च हिमाली क्षेत्रमा सडक पहुँच सुधार भएकाले यस वर्ष व्यापारमा सहभागी व्यापारीको संख्या बढ्ने अनुमान भारतीय पक्षले गरेको छ।











प्रतिक्रिया