उदयपुमा हावाहुरीको असर : एक करोड बीसलाख बढीको क्षती दुईको ज्यान गयो

एकसय पैतीस भौतिक संरचनामा क्षती

1.03k
Shares


उदयपुर ।

उदयपुरमा शुक्रबार राती आएको हावाहुरीले त्रियुगा नगरपालिका वडा नं १० बासबारीमा वर्ष ७०का शेर बहादुर कार्कीको घर पछाडीको गोठमा रहेको एक बाख्राको ज्यान गएको छ । चट्याङले घरको पछाडिको भागमा पनि क्षती पुगेको छ ।

केही दिन अघि आएको वर्षा सहितको हावाहुरीका कारण २ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा गरी जम्मा १ सय ३५ घरमा क्षती पुगेको छ भने १ करोड २०लाख ६६ हजार १ सय मुल्य बराबरको क्षती भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शुक्रबार राती आएको हावाहुरी र चट्याङले त्रियुगा नपा १० बासबारीका शेर बहादुर कार्कीको घर पछाडिको गोठमा र गोठमा रहेको बाख्रालाई लाग्दा बाख्राको ज्यान गएको छ । यसैगरी गत मंगलबार साँझ वर्षासँगै आएको हावाहुरीले सुकेको काँचो रुख ढल्दा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएकोमा १ जनालाई थप उपचारकालागि काठमाण्डौ पठाइएको छ ।

यसरी ज्यान जानेमा कटारी नगरपालिका वडा नं ५ तिनकुने चौकका ६४ वर्षका बीरेन्द्र चौधरी र कटारी ८ थलियाटारकी वर्ष ४९ का मिनामाया तामाङ रहेकी र सोही ठाउँकी ४६ वर्षका लीला बहादुर दनुवार र २० वर्षकी कमल कुमारी मगर घाइते भएको र थप उपचारकालागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हावाहुरीका कारण जिल्लाको ६ वटा स्थानीय तहका १ सय ३५ वटा भौतिक संरचनामा क्षती पुगेको छ । २ वटा विद्यालय, ५ वटा सामुदायिक भवन, तथा निजी आवासका १ सय २८ वटा भौतिक संरचनाहरुमा ठूलो क्षती पुगेको छ । क्षतीको विवरण संकलन गर्नकालागि नै प्रहरीलाई तीन दिन समय लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेगमा आएको हावाहुरीका कारण जस्ताको छाना भएका अधिकांश घरहरुको छाना उडाएको छ भने कतिपय घरगोठमा पनि क्षती पुगेको छ । ढुंगा माटो तथा काठको फुसको छाना भएको घमा पनि क्षती भएको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाका ८ पालिका मध्ये ६ वटा पालिकाहरुमा कटारीमा ६३ वटा घरमा, लिम्चुङबुङमा २५ , ताप्लीमा ३२ उदयपुरगढीमा ४ रौतामाईमा २ र चौदण्डीगढीमा ३ गरी १ सय २८ घरमा क्षती पुगेको छ ।

छ वटै पालिकाको क्षतीको विवरण संकलन गर्दा करोड २० लाख ६६ हजार १ सयको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।