उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा गएको माघ र फागुनको दुई महिनाको अवधिमा विभिन्न प्रकृतिका जम्मा ४७ थान मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार २०८२ माघ महिनामा २० थान र फागुनमा २७ थान गी कुल ४७ थान मुद्दा दर्ता भएको हो । सामान्य प्रकृतिको मुद्दा माघमा १५ थान फागुनमा २४ थान गरी ३९ थान, गम्भिर प्रकृतिका माघमा ३ थान र फागुनमा १ थान गरी ४ थान मुद्दा दर्ता भएका छन् ।
जघन्य प्रकृतिका मुद्दा माघमा २ थान र फागुनमा पनि २ थान दर्ता भएको । महिला बालबालिका तथा जेष्ठ नागकि विरुद्धको कसुरमा दसई महिनामा १५ थान मुद्दा दर्ता भएकोमा माघमा महिला तर्फ १ थान, फागुनमा ५ थान मुद्दा दर्ता भएको छ । बालबालिका तर्फ माघमा ४ थान र फागुनमा ५ थान मुद्दा दर्ता भएको छ । जेष्ठ नागरिक सम्बन्धी माघमा मुद्दा दर्ता भएको छैन भने फागुनमा २ थान दर्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी आर्थिक अपराधका घटनामा माघमा ४ थान मुद्दा दर्ता भएको र फागुनमा यस्तो मुद्दा दर्ता भएको छैन । माघमा दर्ता भउका आर्थिक अपाधका मुद्दामा ठगी सम्बन्धी १ थान र बैंकिङ कसुरका ३ थान दर्ता भएको जिल्ला प्रही कार्यालय उदयपरुले जनाएको छ । चालु मुद्दातर्फ माघमा कुल २९ मुद्दा दर्ता भएको मा २६ प्रतिवादी पक्राउ परेको र ५ जना फरार प्रतिवादी गरी ३१ जना पक्राउ गरिएको छ । फागुनमा २७ चालु मुद्दा दर्ता भएकोमा १८ प्रतिवादी पक्राउ परेको र २ जना फरार प्रतिवादी गरी २० जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ माघ महिनामा ४० जना फरार प्रतिवादीहरु पक्राउ गरिएकोमा उनीहरुलाई ११ वर्ष ५ महिना १४ दिन कैद सजाय तोकिएको र २ लाख ६० हजार ९सय ५० जरिवाना असुल गरिएको छ । फागुनमा महिनामा ८ जना फरार प्रतिवादीहरु पक्राउ गरिएकोमा उनीहरुलाई ३ वर्ष २ महिना २५ दिन कैद सजाय तोकिएको र ३१ हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया