सकारात्मक सोच र ऊर्जावान् युवा-विचार,नीति र व्यवहारमा नयाँपन ल्याउनुपर्छ

1.97k
Shares

बझाङ । अहिले नेपालकाे परिवेशमा जल्दाेबल्दाे रूपमा देखिएकाे परिवर्तनको हुटहुटी एक नजर-अन्दाज गर्न नसकिने अवस्था सिर्जना भएकाे छ । गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचन नेपाल,नेपाली र ठुला दलका लागि एक ठूलै परिवर्तित भएकाे छ । दशकाैं अगाडि त्याे बेलाकाे समय थियाे साच्चिकै नेपालीजनले राणाशासनकाे दबदबाह थेक्न नसकिने अवस्था थियाे ।

जस्तै शिक्षा,स्वास्थ्य,खानेपानी,ब्यक्तिगत स्वतन्त्रता लगायतका बिषयमा ठूलै परिवर्तन खाेज्न जननायक “विपी” काेईरालाकाे पक्षमा राणा,राजतन्त्रकाे बिपक्षमा ठूलै जनलर आयाे अनि नेपाल एक लाेकतान्त्रिक पद्धतिमा दिशानिर्देश गरेर अगाडि बढ्याे । नेपालका ठुला पार्टीका नेता र जाेस-जागरिला युवा समय अनुसार परिवर्तन हुन सकेन्न ,तर प्रतिसाेधले कहिल्यै पनि दिशानिर्देशन गर्दैन् । नेपालमा केही नभएकाे भन्न मिल्दैन,केही भएकाे थियाे अझ फराकिलो र विशाल मनले बिनासंकाेच क्रमशः केही सुधार्न बाकी थियाे सुर्धिने अवस्था पनि थियाे । पुराना राजनीतिक दलका वयस्क र युवाहरूकाे साेचमा केही भिन्नता देखिएन् । भिन्नता देखियाे आन्तरिक प्रतिसाेध साट्ने,मन नपरेकाे मान्छेले राम्रो गरे पनि नराम्रै देखिने यस्ता जलन्त धेरै उदाहरणहरू दिन सकिन्छन् ।

अहिले राष्ट्र वर्तमान राजनीति परिवर्तन र चुनौतीको दोबाटोमा उभिएको छ। पुराना राजनीतिक शैलीप्रति जनताको निराशा बढिरहेको छ भने नयाँ पुस्तामा परिवर्तनको चाहना पनि उत्तिकै बलियो देखिन्छ। यसकाे प्रत्यक्षदशि फागुन २१ काे आम निर्वाचन हाे । जसले गर्दा श्रीमान र श्रीमती बिच पनि अविश्वासका कारण भाेट परिवर्तन हुन्छकि भनेर निगरानी राख्नु पर्ने अवस्था सिर्जना भयाे । यस्तो समयकाे मूल प्रश्न एउटै छ ।

अबको राजनीतिलाई कसले नयाँ दिशा दिने ? यसको जवाफ स्पष्ट छ, त्यो शक्ति सकारात्मक सोच र ऊर्जाले भरिएका ठूला महलका शहर देखि हाम्रो बिकट गाउँघरका युवामा नै छ।विशेष गरी सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङको सन्दर्भमा यो विषय अझ गम्भीर छ। प्राकृतिक सुन्दरता, संस्कृतिको समृद्धि र सम्भावनाले भरिपूर्ण बझाङ अझै पनि विकासका धेरै सूचकमा पछि परेको देखिन्छ। यसकाे जलन्त उदाहरण हाे ।

शिक्षामा ज्याेति बाल्ने र मानवतावाद बिश्वमा फैलाउने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहकाे सालनाल गाडेकाे गृह जिल्ला बझाङ यहाँकाे शैक्षिक र मानवताकाे अवस्था सहजै मुल्यांकन गर्न सकिन्छ अन्यकाे त कुरै छाडाै सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा यहाँका नागरिकले अझै धेरै संघर्ष गर्नुपरेको छ।

यही कारणले गर्दा बझाङका धेरै युवा अवसरको खोजीमा देश तथा विदेशतर्फ पलायन भइरहेका छन्। गाउँहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो बन्दै गएका छन्। तर यस अवस्थालाई केवल नियति मानेर बस्ने हो भने बझाङको भविष्य अझ चुनौतीपूर्ण बन्न सक्छ।

यहीँबाट सकारात्मक सोच र ऊर्जावान् युवाको आवश्यकता अझ स्पष्ट हुन्छ। युवाले यदि निराशा होइन सम्भावना देख्न थाले भने बझाङको विकासमा नयाँ अध्याय सुरु हुन सक्छ।

राजनीतिमा पनि अब पुरानो शैलीको आलोचना मात्र गरेर पुग्ने अवस्था छैन। युवाले विचार, नीति र व्यवहारमा नयाँपन ल्याउनुपर्छ। बझाङको विकासका लागि शिक्षा, पर्यटन, कृषि र स्थानीय उद्यमका सम्भावनालाई उजागर गर्ने नेतृत्व आवश्यक छ।

आजको राजनीतिमा युवाको भूमिका केवल नारामा सीमित हुनु हुँदैन। उनीहरू नीति निर्माण, स्थानीय नेतृत्व र सामाजिक परिवर्तनमा सक्रिय हुनुपर्छ। जब युवाले सकारात्मक सोचका साथ राजनीतिमा सहभागिता जनाउँछन्, तब राजनीति पनि स्वार्थको खेल होइन, सेवा र जिम्मेवारीको माध्यम बन्न सक्छ।

बझाङका युवाले आफ्नो पहिचान, संस्कृति र सम्भावनालाई आत्मसात् गर्दै विकासको यात्रामा अग्रसर हुनुपर्छ। गाउँ, समाज र जिल्लाको समृद्धि कुनै बाहिरी शक्तिले होइन, स्थानीय युवाको सोच र कर्मले निर्माण गर्छ।

अन्ततःबझाङको भविष्य निराशाको कथा होइन, सम्भावनाको कथा बन्न सक्छ ।यदि यहाँका युवाले सकारात्मक सोच, एकता र ऊर्जा लिएर अगाडि बढे भने।जब बझाङका युवा जाग्छन्, तब विकासको ढोका खुल्छ। सकारात्मक सोच र ऊर्जावान् युवाको नेतृत्वले मात्र बझाङलाई समृद्धिको नयाँ यात्रामा अघि बढाउन सक्छ।

पुराना ऐतिहासिक दलसंग आबद्ध भएका युवा नेतृत्वले चुनावताका स्थानीय संग गासिएकाे माया,प्रेम,सद्भाव र स्नेह जित भैसके पछि पनि त्यस्तै राख्न सक्नु पर्छ । किन राख्न सक्दैनन् सबै जनप्रतिनिधिलाई मेराे प्रश्न ? जुनसुकै स्थानीय तहमा कहाँका जनतालाई के आवश्यक छ । बिकास निर्माण कम काँभएकाे छ ।

जनताको अवस्था कस्तो छ त्याे जनप्रतिनिधिले जान्नु पर्दैन् । सबै तपाईंहरूलाई थाह छ तर तपाईंहरू गर्नु हुन्न अनि चुनावकाे समयमा तपाईहरूकाे पार्टीको परिणाम बिग्रन्छ र मन नपरेकाे मान्छेलाई दाेस लगाउन सजिलो हुन्छ । त्यसैले याे सृष्टिमा हरेक कुरा र सम्भावना सकरात्मक दृष्टिकोणबाट निहाल्याैं भने जहाँ समस्या त्यहाँ समाधान हुन्छ ।