काठमाडौ ।
अविरल वर्षाका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी रूपमा सवारी सञ्चालन सुरु गरिएको छ।
हिलो र चिप्लोपनका कारण उकालोमा सवारी साधन चढ्न नसक्दा शुक्रबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार पश्चिमबाट आउने सवारी बर्दघाट र पूर्वतर्फ जाने सवारी दुम्किवासमै रोकिएका थिए। अहिले पालैपालो सवारी सञ्चालन गरिए पनि करिब ७ किलोमिटरसम्म लामो जाम लागेको छ।
नारायणघाट–बुटवल सडक विस्तार अन्तर्गत दाउन्नेको ३–४ किलोमिटर खण्ड अझै निर्माण अधुरो रहेकाले यात्रुहरूले सास्ती भोग्दै आएका छन्।











प्रतिक्रिया