तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज पनि कायम


काठमाडौँ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण अधिकांश पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी लगायतका प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा बदली रहने र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।