लागू अैाषध चरेस जस्तो देखिने पदार्थ र नाम नखुलेकाे ट्याब्लेट सहित एक युवक पक्राउ


धुन्चे,रसुवा।

जिल्ला काे गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर २ रसुवागढि नाका वाट लागू अैाषध चरेस जस्ताे देखिने पदार्थ र नाम नखुलेको ट्याब्लेट सहित एक युवक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक रमेश रायका अनुसार गाेसाईकुण्ड गा,पा ५ घर भएका वर्ष २४ का विकास तामाङलाई चिनकाे केरूङवाट नेपाल तर्फ आउदै गरेकाे अवस्था मा चेकजाँच गर्दा चरेस जस्ताे देखिने कालाे पदार्थ २ ग्राम,नखुलेको पहेलो कलरकाे ७ वटा र सुन्तला कलरकाे ५ वटा ट्याब्लेट सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे छ ।

चैत ७ गते विहान ८ वजे रसुवागढि नाका मा ईलाका प्रहरी कार्यालय टिमुरेवाट खटिएको प्रहरी टाेलिले चेक जांच गर्दा उक्त लागु अैाषध चरेस जस्तो देखिने पदार्थ तथा नाम नखुलेको ट्याब्लेट सहित युवक लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी रायले जानकारी दिनुभयो ।